बासुदेव खोलाले बगाएका विद्यार्थीको पहिचान खुल्यो
ratopati.com · Tue Aug 18 14:05:23 GMT 2026

मकवानपुर । हेटौँडा उपमहानगरपालिका–१९ स्थित बासुदेव खोलाले बगाएका चार विद्यार्थीको पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार विद्यालय सकेर फर्किने क्रममा बासुदेव खोलाले बगाएका ४ जना विद्यार्थीको पहिचान खुलेको हो।
राक्सिराङ–१ की रेशमा स्याङतान (कक्षा २) मृत अवस्थामा फेला परेकी छिन् भने सिमा बोलन (कक्षा ६) घाइते अवस्थामा उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता माधव काफ्लेले जानकारी दिए ।
Read full story at source (ratopati.com)