एनआईसी एशिया र रूपाकोट रिसोर्टबीच सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने सम्झौता
makalukhabar.com · Tue Aug 18 14:41:34 GMT 2026

काठमाडौं । एनआईसी एशिया क्यापिटलले आफ्नो “IDEA to IPO” सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई स्थापना कालदेखि IPO जारी गर्ने चरणसम्म पुर्याउन आवश्यक पर्ने सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउँदै आइरहेको छ ।
सोही सेवा अन्तर्गत रुपा–६, मैदान कास्कीमा कारोबार कार्यालय रहेको रुपाकोट रिसोर्टको प्रचलित कानुनको अधिनमा रही भविष्यमा सर्वसाधारणहरुमा प्राथमिक शेयर (IPO) निष्कासन गर्नको लागि आवश्यक पर्ने सम्पूर्ण परामर्शसहितको सेवा उपलब्ध गराउने गरी एनआईसी एशिया क्यापिटल र रुपाकोट रिसोटबीच निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता भएको छ ।
Read full story at source (makalukhabar.com)