असन्तुष्ट समूहसँग संवादका लागि कांग्रेसले वडा अधिवेशन २२ दिन पछाडि धकेल्यो
onlinekhabar.com · Tue Aug 18 14:40:40 GMT 2026

२ भदौ, काठमाडौ । नेपाली कांग्रेसले १५ औं महाधिवेशनको कार्यतालिका हेरफेर गरेको छ । १५औं महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने पूर्वनिर्णयलाई यथावत राख्दै कांग्रेसले तल्लो तहका अधिवेशनको कार्यतालिका हेरफेर गरेको हो ।
कांग्रेस महामन्त्री प्रदीप पौडेलले संशाधित कार्यतालिकाअनुसार पार्टीको वडा अधिवेशन २४ भदौमा हुने भएको छ । यसअघि केन्द्रीय कार्यसमिति बैठकबाट कांग्रेसले २ भदौमा वडा अधिवेशन गर्ने कार्यतालिका पारित गरेको थियो ।
Read full story at source (onlinekhabar.com)