नेपालमा हिप-हपको नयाँ अध्याय : ‘हसल बाइ नेपहप’ आउँदै
nepalviews.com · Tue Aug 18 14:57:13 GMT 2026

काठमाडौं । वर्षौंदेखि अण्डरग्राउण्ड साइफर हुँदै सुरु भएर आज हाउसफुल कन्सर्ट गर्ने अवस्थासम्म आइपुग्दा आफ्नो प्रभावलाई फराकिलो बनाउँदै आएको नेपाली हिप-हप अब नयाँ चरणमा प्रवेश गर्दै छ ।
मलिन मिडियाले भारतीय फ्रेन्चाइज MTV Hustle लाई नेपालमा ‘Hustle by NepHop’ का रूपमा ल्याउन लागेको छ । नेपाली टेलिभिजन च्यानलमार्फत प्रसारण हुने यो एक प्रिमियम र्याप रियालिटी शो हुनेछ । यो कार्यक्रम नेपाली हिप-हप म्युजिक, यसका कलाकार र हिप-हप कल्चरलाई ध्यानमा राखेर राष्ट्रिय स्तरको छुट्टै मञ्च प्रदान गर्ने सुरुवाती कार्यक्रमहरूमध्ये एक हुने अपेक्षा गरिएको छ ।
Read full story at source (nepalviews.com)