एमआरपीभन्दा बढी मूल्यमा ग्याजेट बेच्ने ‘ओलीज स्टोर’लाई २ लाख जरिवाना
techpana.com · Tue Aug 18 14:57:05 GMT 2026

काठमाडौं । नेपालमा एप्पल लगायत अन्य प्रिमियम ब्रान्डका ग्याजेट बिक्री गर्दै आएको स्टोर ‘ओलीज स्टोर’ कारबाहीमा परेको छ । तोकिएको मूल्यभन्दा बढीमा सामान बिक्री गरेको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले स्टोरलाई दुई लाख रुपैयाँ जरिवाना गराएको हो ।
विभागले मंगलबार एक विज्ञप्ति जारी गर्दै बजार अनुगमनका क्रममा ओलीज स्टोरले उपभोक्ताबाट तोकिएको भन्दा बढी मूल्य असुल गरेको भेटिएकाले कारबाही गरिएको जनाएको छ । कारबाहीमा परेको ओलीज स्टोरको महाराजगञ्जस्थित शाखा हो ।
Read full story at source (techpana.com)