प्रहरी कर्मचारीले वाणिज्य बैंकबाट ५० लाखसम्म कर्जा पाउने
ratopati.com · Tue Aug 18 15:26:19 GMT 2026

काठमाडौँ। नेपाल प्रहरीका सकलदर्जाले राष्ट्रिय वाणिज्य बैंकबाट ५० लाखसम्म कर्जा पाउने भएका छन् । प्रहरी र राष्ट्रिय वाणिज्य बैंकको बिचमा मंगलबार प्रहरीको तलबी बचत खाता सञ्चालन तथा कर्जा सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
वाणिज्य बैंकमा १० वर्षदेखि नेपाल प्रहरीमा कार्यरत सम्पूर्ण कर्मचारीहरूको तलबी खाता सञ्चालन गरिँदै आएको थियो । सो सम्झौताको अवधि समाप्त भएकोले नवीकरण गरिएको र कर्जाको सीमा बढाउनेबारेको सम्झौतामा हस्ताक्षर भएको प्रहरी प्रवक्ता (डीआईजी) अबि नारायण काफ्लेले रातोपाटीलाई बताए ।
Read full story at source (ratopati.com)