नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने
nepallive.com · Tue Aug 18 15:26:39 GMT 2026

काठमाडौं– बलिउडका चर्चित गायक नवजोत आहुजा नेपाल आएका छन् । उनी आज बुधबार दिउँसो नेपाल आएका हुन् ।
बुधबार अर्थात् भोलि ठमेलस्थित क्लब नोभामा उनले प्रस्तुति दिनेछन् । क्लब नोभाले बुधबार स्थापनाको पहिलो वार्षिकोत्सव मनाउँदै छ । सोही अवसरमा क्लबले आयोजना गरेको सांगीतिक कार्यक्रमका लागि गायक आहुजा नेपाल आएका हुन् । जहाँ उनले ‘तेरे लिए मंदिर जाऊँ, तेरे नाम का दिया जलाऊँ’ लगायत थुप्रै गीतमा दर्शकलाई झुमाउनेछन् ।
Read full story at source (nepallive.com)