झापामा छुट्टाछुट्टै सवारी दुर्घटनामा एक बालकसहित तीन जनाको मृत्यु
annapurnapost.com · Tue Aug 18 15:39:26 GMT 2026

झापा : झापाका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार कचनकवल, हल्दिबारी र मेचीनगरमा भएको सवारी दुर्घटनामा परी एक बालकसहित तीन जनाको मृत्यु भएको हो।
कचनकवल गाउँपालिका–१ चिया बगानमा जोत्दै गर्दा ट्याक्टर पल्टिदा एक बालकको मृत्यु भएको छ । भदौ १ गते प्र. १–०१–००१ त ८९९२ नम्बरको ट्याक्टरले भद्रपुर बस्ने मोहन अग्रवालको खेत जोतिरहेको थियो । सो खेतमा भारत बिहार किशनगंज जिल्ला जोरबारी जियापोखेर–७ बस्ने बाबुलाल मर्डीले कमाउँदै आएका थिए । भारत बिहार किशनगंज जिल्ला गिलाबारी बस्ने ट्याक्टर चालक अजय भट्टियाले जोत्ने क्रममा ट्याक्टर अचानक पल्टिएको थियो । ट्याक्टरमा सवार मर्डीका ८ वर्षीय छोरा सिमोन सोरेन घाइते भएका थिए । उनलाई उपचारको लागि भारततर्फ लाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
Read full story at source (annapurnapost.com)