रास्वपाको केन्द्रीय समिति बैठक भदौ ५ गते बस्दै
lokaantar.com

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आगामी भदौ ५ गते बस्ने भएको छ। पार्टी सभापतिको निर्देशनअनुसार बैठक बिहान ११ बजे वनस्थलीस्थित केन्द्रीय कार्यालय घन्टीघरमा बस्ने भएको महामन्त्री विपिनकुमार आचार्यले जानकारी दिएका छन्।
बैठकमा स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा–२०८३ अनुमोदन गर्ने तथा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्ने विषयमा छलफल हुने भएको छ।
Read full story at source (lokaantar.com)