रुकुमपूर्वमा यात्रुवाहक जिप दुर्घटना, सुरक्षाकर्मी घटनास्थल पुग्दै
onlinekhabar.com · Wed Jul 01 01:26:45 GMT 2026

१७ असार, रुकुमपूर्व । रुकुमकोटबाट सिस्ने गाउँपालिका–४ दाडिङ तर्फ जाँदै गरेको यात्रुवाहक जिप दुर्घटना भएको छ । लु१ज ४६२४ नम्बरको जिप सिस्ने गाउँपालिका–४ स्थित झाक्रीपोले क्षेत्रमा दुर्घटना भएको हो ।
स्थानीयका अनुसार उकालो सडकमा चढ्ने क्रममा जिप दुर्घटनामा परेको हो । दुर्घटनामा जिप चालकसहित १४ जना सवार रहेको खुलेको छ ।
Read full story at source (onlinekhabar.com)