खोलाले बगाउँदा एक बालिकाको मृत्यु, दुईको अवस्था अज्ञात
annapurnapost.com · Tue Aug 18 16:09:02 GMT 2026

हेटौंडा : मकवानपुरमा खहरे खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ । दुई बालिका बेपत्ता भएका छन् । हेटौंडा उपमहानगरपालिका–१९ स्थित बासुदेव खहरे खोलाले विद्यालयबाट घर फर्कदै गरेका ४ जना बालिकाहरुलाई बगाएको थियो ।
निर्मल माध्यमिक विद्यालयबाट पढेर घर फर्किदै गरेका उनीहरुलाई खोलामा बनेको लच्का तर्ने क्रममा बगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। उनीहरुमध्ये हेटौडा–१९ बस्तिपुरकी दिप स्याङताङको छोरी ८ वर्षिय रोसनी स्याङताङको शव ५ सय मिटर तल रुखको जरामा अड्किएको अवस्थामा फेला परेको छ ।
Read full story at source (annapurnapost.com)