बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट
lokaantar.com

बर्डफ्लू सङ्क्रमणका कारण हालसम्म ३० कृषकको पन्क्षीमा लाखौँको क्षति पुर्याएको छ । बर्डफ्लू सङ्क्रमणले क्षति पुगेका कृषकलाई क्षतिपूर्ति दिलाउन थालिएको जिल्ला पशुसेवा कार्यालय धुलिखेलले जनाएको छ ।
कार्यालयका अनुसार हालसम्म २० कृषकले क्षतिअनुसारको क्षतिपूर्ति प्राप्त गरिसकेका छन् । बाँकी १० कृषकको क्षतिपूर्ति रकम चालु आर्थिक वर्षमा दिइने कार्यालयका प्रमुख वरिष्ठ पशु चिकित्सक ब्रजकिशोर ठाकुरले बताउनुभयो । उहाँका अनुसार विभिन्न मितिमा बर्डफ्लू प्रमाणित भएका ३० कृषकका खोरमा रहेका कुखुरा तथा अन्य पन्क्षी नष्ट गरिएको थियो । बर्डफ्लू प्रमाणित भएका ३० कृषकमध्ये २० ले गत आर्थिक वर्षको अन्त्यतिर राहत रकम प्राप्त गरिसकेको जनाइएको छ ।
Read full story at source (lokaantar.com)