हेलम्बुको खोंचमा हराएका शिक्षकको हेलिकप्टरबाट सकुशल उद्धार
kathmandupress.com · Sun Sep 18 07:26:00 GMT 2022
काठमाडौं, असोज २ : सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ स्थित खोचमा हराएका शिक्षकको हेलिकप्टरबाट सकुशल उद्धार गरिएको छ।
शनिबार हराएका शिक्षक केशव शिवाकोटीको आज (आइतबार) उद्धार गरिएको हो। मेलम्चीघ्याङनजिकै मेलम्ची खोलासँग जोडिएको कुइसाङपाल छहरा छ्यादी खोलामा नुहाउने क्रममा उनी हराएका थिए।
दोलखाको कालिन्चोक–३ स्थायी घर भएका ३७ वर्षका शिवाकोटीलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक शिव बुढाथोकीले जानकारी दिए।
शिवाकोटी जीवितै रहेको खबर पाएपछि नेपाली सेना हेलिकप्टर लिएर उक्त स्थानमा पुगेको थियो। उनी हराएपछि गाउँपालिकाले शनिबार एक विज्ञप्ति जारी गरेर स्थानीय सरकार, प्रहरी प्रशासन र स्थानीयको संलग्नतामा खोजीकार्य जारी रहेको बताएकोे थियो।
Read full story at source (kathmandupress.com)