पत्रकार थापामाथिको आरोप फिर्ता लिन र भ्रामक क्यूआरको अनुसन्धान गर्न प्रेस सेन्टरको माग
ratopati.com · Tue Sep 01 15:09:10 GMT 2026

काठमाडौँ । प्रेस सेन्टर नेपालका लमजुङ जिल्ला अध्यक्ष तथा रेडियो भोटेओडारका स्टेशन प्रमुख वासुदेव थापामाथि राजनीतिक प्रतिशोधका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रशासनिक कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएको घटनाप्रति प्रेस सेन्टर नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
रसुवा भोटेकोशी बाढीपीडितका लागि सामाजिक सञ्जालमा भेटिएको प्रधानमन्त्री राहत कोषको क्यूआर कोडमार्फत थापाले रकम सहयोग गर्न खोजेका थिए। उक्त रकम प्रधानमन्त्री राहत कोषको नभई रास्वपाको बैंक खातामा जम्मा हुन गएको पाइएको थियो।
Read full story at source (ratopati.com)