१० वर्ष बित्दासमेत अलपत्र खोटाङको बाक्सिला सबस्टेसन
ratopati.com · Tue Aug 18 17:51:03 GMT 2026

खोटाङ। जिल्लाको उत्तरी क्षेत्रका स्थानीयवासीलाई गुणस्तरीय विद्युत् सेवा उपलब्ध गराउन केपिलासगढी गाउँपालिका–४ बाक्सिलास्थित सिम्पानीमा १० वर्षअघि नेपाल विद्युत् प्राधिकरणको सबस्टेसन निर्माण सुरु गरिएको थियो। तीन वर्षमा सम्पन्न गर्ने गरी विसं २०७३ भदौमा भारतीय ठेकेदार कम्पनी एटुजेड इन्फ्रा इञ्जिनियरिङ लिमिटेडले सम्झौता गरेको सबस्टेसन अहिले पनि पूरा भएको छैन।
निर्माणस्थलमा सबस्टेसनका लागि आवश्यक पर्ने विद्युतीय उपकरण ल्याइए पनि जथाभावी खुला चौरमा थुपारिएका कारण कतिपय उपकरण टुटफुट र काम नलाग्ने अवस्थामा पुगेका छन्। विद्युत् प्राधिकरणसँग ठेकेदार कम्पनीले गरेको सम्झौताअनुसार विसं २०७६ सालमै बनिसक्नुपर्ने सबस्टेसनको क्वाटर र कन्ट्रोल बिल्डिङको काम अहिलेसम्म अधुरै छ।
Read full story at source (ratopati.com)