सुरुङ उद्धार : सरकारले सकेन, सहयोग लिन ढिलाइले अकल्पनीय क्षति जोखिम
onlinekhabar.com · Tue Sep 01 15:05:34 GMT 2026

१६ भदौ, काठमाडौं । ‘हामी शुक्रबारदेखि नै यहाँ आएका छौं । सरकारलाई हारगुहार गरिरहेका छौं । सरकारले गर्न चाहिँ गरिरहेको छ । तर, सरकारले केही गरेको जस्तो हामीलाई लाग्दैन । त्रिशूली थ्री बीका लागि हामीले एक्स्काभेटर झार्न खोजेको शुक्रबारदेखि नै हो । तर, सोमबार बल्ल एक्स्काभेटर झरेको छ । सुरुमा दलदल छ, भित्र जान सकिँदैन भनियो, तर सोमबार रेकी गर्दा भित्र जाने ठाउँ भेटिएको छ । त्यसो हुँदा थप मान्छे लगेर उद्धार कार्य हुनुपर्यो, २–३ सय जनशक्ति र एक्स्काभेटर पनि ४–५ वटा लगे हुने थियो,’ यो भनाइ त्रिशूली थ्रीबीमा हराइरहेका टिम लिडर इन्जिनिरयर कमल पाण्डेका छोरा विवेक पाण्डेको हो । आफ्ना पिता जीवितै फर्कन्छन् कि भन्ने आशामा पाण्डे नुवाकोटमा कुरेर बसेका छन् ।
सुरुङ उद्धारमा घटना भएको पहिलो ७२ घण्टालाई ‘गोल्डेन आवर’ मानिन्छ । यसबीच उद्धार गर्न सकिए धेरैको ज्यान बचाउन सकिन्छ । तर, एक साता बितिसक्दा पनि सरकारले उद्धारमा सफलता पाउन सकेको छैन ।
Read full story at source (onlinekhabar.com)