पेट्रोल र डिजेलको मूल्य घट्यो
annapurnapost.com · Wed Jul 01 01:53:17 GMT 2026

काठमाडौं : नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा भारी कटौती गरेकाे छ। निगमको सञ्चालक समितिको मंगलबार बसेको बैठकले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेर आएपछि बुधबार बिहान १२:०१ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य घटाएको हो ।
निगमले पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ र डिजेल र मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँ घटाएको हो। त्यस्तै खाना पकाउने ग्यास प्रतिसिलिन्डर १०० रुपैयाँले घटेको छ, भने हवाई इन्धन (आन्तरिकतर्फ) प्रतिलिटर रु ४० र हवाई इन्धन (अन्तरराष्ट्रियतर्फ) काठमाडौँका लागि प्रतिकिलोलिटर अमेरिकी डलर २६५ ले घटाइएको छ ।
Read full story at source (annapurnapost.com)