दुई महिनापछि भारत निर्यात हुन थाल्यो नेपाली चिया
kendrabindu.com · Wed Jul 01 02:06:54 GMT 2026

झापा । करिब दुई महिनादेखि अवरुद्ध नेपाली चियाको निर्यात मंगलबारदेखि सुरु भएको छ । काँकडभिट्टा नाकाबाट इलाम टी र समर भ्यालीका दुई ट्रक चिया मंगलबार भारत निर्यात भएको मेची भन्सार कार्यालय, काँकडभिट्टाले जनाएको छ ।
भारतीय भन्सारबाट यही प्रक्रियाअनुसार नियमित क्लियरेन्स हुन थालेमा चिया निर्यातमा देखिएको समस्या समाधान भएको मान्न सकिनेछ – आदित्य पराजुली, अध्यक्ष, चिया उत्पादक संघ‘चिया बोकेका ट्रकहरू भारततर्फ जान थालेसँगै उद्योगीहरू उत्साहित बनेका छन्’, सूर्योदय अर्थोडक्स टी प्रोडक्ट एसोसिएसनका अध्यक्ष डिल्ली श्रेष्ठले भने, ‘नेपाली चियालाई भारतीय भन्सारले निर्बाध पास गरेको छ ।’
Read full story at source (kendrabindu.com)