लागुऔषधसहित विभिन्न स्थानबाट पाँच जना पक्राउ
ratopati.com · Tue Sep 01 15:38:53 GMT 2026

काठमाडौँ । रूकुम पूर्वकाे सिस्ने गाउँपालिका-६ खोपिचारबाट अवैध लागुऔषध चरेस जस्तो देखिने पदार्थ १६ ग्राम ७८० मिलिग्रामसहित डोल्पा त्रिपुरासुन्दरी नगरपालिका-५ लाहा बस्ने ४१ वर्षीय मोतिबहादुर रोकायलाई प्रहरीले आज बिहान पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट खोपिचारबाट खटिएको प्रहरीले निजलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।
मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१६ पूर्वेली दमार बस्ने २१ वर्षीय रञ्जन भोम्जनलाई नियन्त्रित लागुऔषध ट्रामाडोल चार हजार ८६० ट्याब्लेट र नाइट्राजेपाम ४५ ट्याब्लेटसहित आज प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले निजको घर तलासी गर्दा उक्त लागुऔषध फेला पारी पक्राउ गरेको प्रहरी केन्द्रीय समाचार कक्षले जनाएको छ।
Read full story at source (ratopati.com)