३० सेकेन्डले बाँचेका १४ उदयपुरे
nagariknews.nagariknetwork.com · Tue Sep 01 15:35:11 GMT 2026

भदौ १० गते बुधबार बिहान करिब ६ बजे उदयपुरबाट काठमाडौंका विभिन्न स्थानमा बस्दै आएका १४ जना तीर्थयात्री गोसाइँकुण्ड दर्शनका लागि काठमाडौं हुँदै हिँडेका थिए। दुई दिनपछि अर्थात् भदौ १२ गते पर्ने जनैपूर्णिमामा दर्शन गर्ने, घुमफिर र रमाइलो गर्ने उद्देश्यले हिँडेको टोलीको नेतृत्व त्रियुगा नगरपालिका–७, चुहाडेका इन्द्रराज कार्की (जनार्दन) ले गरेका थिए।
१४ जना यात्रुसहितको गाडीका चालक थिए त्रिशूलीकै ३२ वर्षीय सुरेन्द्र अमात्य। काठमाडौं कोटेश्वरबाट हिँडेको विद्युतीय गाडी (ईभी) ले दुई घण्टामै त्रिशूली पुर्यायो। अर्थात् बिहान करिब ८ः१० बजे नै उनीहरू त्रिशूली पुगेका थिए।
Read full story at source (nagariknews.nagariknetwork.com)