कृष्णभीरमा तत्काल आवश्यक संरचना निर्माण गरी पृथ्वी राजमार्ग सञ्चालन गरिने
annapurnapost.com · Tue Sep 01 15:31:07 GMT 2026

काठमाडौं : पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले कृष्णभीरमा तत्काल आवश्यक संरचना निर्माण गरी अवरुद्ध रहेको पृथ्वी राजमार्ग सञ्चालन गरिने बताएका छन्। पृथ्वी राजमार्ग सञ्चालनको तत्कालीन र दीर्घकालीन समाधानका बिषयमा मंगलबार बसेको पूर्वाधार विकास मन्त्रालयको बैठकले कृष्णभीरको हिलसाइडमा ‘ग्याबियन ब्रेस्ट वाल’ माथिबाट सवारीसाधन सञ्चालन गर्न मिल्ने गरी आवश्यक संरचना निर्माणको कार्य तत्काल अगाडि बनाउने निर्णय गरेको मन्त्री लम्सालको भनाई छ।
मन्त्री लम्सालका अनुसार बैठकले विपद्को सामना गर्न तथा विपद् प्रभावित क्षेत्र र राजधानीसंगको आपूर्ति शृङ्खला पुनःस्थापना गर्ने, ट्र्याक खोल्ने कार्यसंगै ‘सेक्रिफिसियल ग्याबियन बक्स’ तथा ‘बोल्डर हिलसाइड’बाट तल खसाल्ने कार्य गर्ने, कृष्णभीरको दीर्घकालीन समाधानका लागि टनेल, सोइल नेलिङ, सिट पाइललगायतका विकल्पबारे सडक विभागले आवश्यक अध्ययन गर्ने र कृष्णभीरको विकल्पमा टनेल वा बाइपास सडक निर्माणका सम्भावित विकल्पहरूको तत्काल अध्ययन गरी चालु आर्थिक वर्षको अन्त्यसम्म वैकल्पिक सडक व्यवस्था गर्ने निर्णय गरेको छ।
Read full story at source (annapurnapost.com)