२३औँ निजामती सेवा दिवसका सम्पूर्ण कार्यक्रम रद्द, बजेट प्रधानमन्त्री राहत कोषमा
ratopati.com · Tue Sep 01 15:41:31 GMT 2026

काठमाडौँ। सरकारले यस वर्ष मनाउन लागेको २३औँ निजामती सेवा दिवसका सम्पूर्ण निर्धारित कार्यक्रम रद्द गर्ने निर्णय गरेको छ। निजामती सेवा दिवस मूल समारोह समितिका अध्यक्ष मुख्य सचिवको अध्यक्षतामा मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको हो।
गत भदौ १० गते बिहान नेपाल–चीन सीमाक्षेत्र रसुवागढीमा आएको भीषण बाढीका कारण उत्पन्न विषम परिस्थितिमा सम्पूर्ण राज्य नै शोकको अवस्थामा छ। राष्ट्रसेवक कर्मचारी तथा सुरक्षाकर्मीहरू खोज, उद्धार, राहत लगायतका विपद् व्यवस्थापनको काममा निरन्तर खटिरहेका छन्।
Read full story at source (ratopati.com)