आज कुन विदेशी मुद्राको विनिमय दर कति ?
onlinekhabar.com · Wed Aug 19 00:04:29 GMT 2026

३ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८० पैसा र बिक्रीदर १५३ रुपैयाँ ४० पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ९३ पैसा र बिक्रीदर १७७ रुपैयाँ ६२ पैसा ,युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपैयाँ ७५ पैसा र बिक्रीदर २०७ रुपैयाँ ५६ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८८ रुपैयाँ २६ पैसा र बिक्रीदर १८९ रुपैयाँ कायम गरिएको छ ।
Read full story at source (onlinekhabar.com)