मानसिक स्वास्थ्य र आयुर्वेद चिकित्सा
swasthyakhabar.com · Wed Aug 19 00:17:00 GMT 2026

मानसिक स्वास्थ्य मानिसको समग्र स्वास्थ्यको अभिन्न अंग हो। यसले सोच, भावना, स्मरणशक्ति, निर्णय क्षमता, व्यवहार, सामाजिक सम्बन्ध तथा दैनिक कार्यसम्पादनमा प्रत्यक्ष प्रभाव पार्छ। तनाव, चिन्ता, निद्राको समस्या, उदासी, व्यसन तथा व्यवहारगत समस्याहरू आजका प्रमुख मानसिक स्वास्थ्य चुनौतीमध्ये पर्दछन्।
आयुर्वेदले स्वास्थ्यलाई केवल शारीरिक रोगको अभावका रूपमा नभई शरीर, इन्द्रिय, मन र आत्माको सन्तुलित अवस्थाका रूपमा हेर्छ। त्यसैले मानसिक स्वास्थ्यलाई आहार, विहार, निद्रा, आचार-विचार, सामाजिक सम्बन्ध र शारीरिक अवस्थासँग जोडेर समग्र रूपमा बुझिन्छ।
Read full story at source (swasthyakhabar.com)