‘केही मिनटमै घर गर्ल्याम, गुर्लुम् ढल्यो घर, होसै हराए जस्तो भयो’
himalpress.com · Wed Aug 19 01:12:32 GMT 2026

गोरखा- साउन १८ गते सोमबार बिहान करिब ११ बजेतिर अविरल वर्षा भइरहेका बेला गोरखा नगरपालिका–९ लक्ष्मीबजारका मानसिंह गुरुङको घरमा एक्कासी केही चुँडिएको जस्तो आवाज आयो।
केही सेकेन्डमै घरको आँगन चिरिन, छापिएका ढुङ्गा भत्किन र इट्टाका गाह्रो उप्कन थालेपछि मानसिंह, उनकी श्रीमती चित्रकुमारी र दुई वर्षका नाति आत्तिएर सडकतिर दौडिए। पोलबाट घरसम्म टाँगिएको बिजुलीको तार चुँडियो र हेर्दाहेर्दै उनीहरूको चारतले घर जगैदेखि गर्ल्याम्म ढल्यो।
Read full story at source (himalpress.com)