एमालेमा समीक्षा र पुनर्जागरणको प्रश्न
nepalpress.com · Wed Aug 19 01:54:54 GMT 2026

नेपालको कम्युनिस्ट आन्दोलनको इतिहासलाई नेकपा (एमाले) को यात्राबाट अलग गरेर बुझ्न सकिँदैन । तर आजको प्रश्न समग्र कम्युनिस्ट आन्दोलनको मात्र होइन, विशेषतः नेकपा (एमाले) को हो । जनताको बहुदलीय जनवादलाई आफ्नो मार्गदर्शक राजनीतिक सिद्धान्तका रूपमा अघि सारेको एमालेले नेपाली राजनीतिमा लामो समयदेखि महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ।
निरङ्कुशताविरुद्धको सङ्घर्षदेखि लोकतान्त्रिक गणतन्त्रको स्थापना, संविधान निर्माण, सरकार सञ्चालन, विकास र सामाजिक सुरक्षाका कार्यक्रमसम्म आइपुग्दा एमालेले नेपाली समाजमा आफ्नो विशिष्ट राजनीतिक पहिचान निर्माण गरेको छ। तर इतिहासमा गरेको योगदान जति महत्त्वपूर्ण छ, आजको चुनौती पनि त्यत्तिकै गम्भीर छ। किन एमालेले जनताको विश्वास सधैँ बढाउँदै लैजान सकेन ।
Read full story at source (nepalpress.com)