शताब्दीकै ठूलो महालुटको कथा: खेलौना बन्दुकको भरमा बैंकबाट अर्बौं लुटे, श्रीमती रिसाउँदा पक्राउ
clickmandu.com · Wed Aug 19 02:05:47 GMT 2026

काठमाडौं । अर्जेन्टिनाको मुख्य शहर ब्युनस आयर्सको सबैभन्दा धनाढ्य र सुरक्षित इलाका ‘अकासुसो’ मा रहेको ‘बान्को रियो’ बैंकमा सन् २००६ को जनवरी १३ का दिन जे भयो त्यसले विश्वभरका सुरक्षा विज्ञ र अपराध अनुसन्धानकर्ताहरूलाई स्तब्ध बनायो ।
यो कुनै साधारण बैंक डकैती मात्र थिएन, यो त राज्यको सुरक्षा संयन्त्र, आधुनिक प्रविधि र मानव मस्तिष्कबीचको एउटा भयानक ‘मनोवैज्ञानिक युद्ध’ थियो । बाहिर सयौँ बन्दुकहरू बैंकतिर तेर्सिएका थिए तर भित्र एउटा यस्तो योजना कार्यान्वयन भइरहेको थियो जसको सुइँकोसम्म प्रहरीले पाउन सकेन ।
Read full story at source (clickmandu.com)