सडक पहुँचबाहिर कर्णालीका आठ पालिका
nagariknews.nagariknetwork.com · Wed Aug 19 01:45:56 GMT 2026

कर्णाली प्रदेशअन्तर्गत पर्ने डोल्पा जिल्लाको डोल्पोबुद्ध गाउँपालिका–६ का २१ वर्षीय दोर्जे गुरुङलाई नागरिकता बनाउन सदरमुकाम आइपुग्न तीन दिन लाग्यो। चौथो दिन नागरिकता बनाएर घर पुग्दा एक साता भइसकेको थियो। डोल्पोबुद्धको जिल्ला सदरमुकाम दुनैसम्म यातायातका साधन चल्ने सडक पहुँच छैन। त्यहाँका बासिन्दा जोखिमपूर्ण भूगोलको गोरेटो हुँदै प्रशासनिकलगायत काम लिन सदरमुकाम पुग्छन्।
‘भौगोलिक विकटताका कारण साँघुरो गोरेटो बाटोमा ज्यान जोखिममा राखेर सदरमुकाम आउजाउ गर्नुपर्ने बाध्यता छ,’ दोर्जेले भने, ‘घरबाट सदरमुकाम पुग्नै तीन दिन पूरा लाग्छ।’
Read full story at source (nagariknews.nagariknetwork.com)