प्रतिबन्ध छ, तर कुवेत जाने क्रम रोकिएन
annapurnapost.com · Wed Aug 19 02:12:54 GMT 2026

कुवेत : कुवेत सिटीको एक सुपरमार्केटमा भेटिएकी सरसफाइको काम गर्ने चितवनकी गीता घले कुवेत पुगेको ७ महिना भयो। उनी ओमानको पर्यटक भिसामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मस्कट उडेकी थिइन्। त्यसको दुई दिनपछि उनी कुवेत पुगिन्। गीतासँगै अन्य ५ नेपाली युवती पनि कुवेत पुगेका थिए। उनीहरूमध्ये एक जना साथीसँग मात्र अहिले उनको सम्पर्क छ। बाँकी कहाँ छन् र के गर्दै छन् भन्नेबारे गीतालाई जानकारी छैन।
गीतासहित ५ जना युवतीलाई एक एजेन्टले ओमानको पर्यटक भिसामा मस्कट हुँदै कुवेत पुर्याइदिएका थिए। गीता चढेको जहाजमा अन्य धेरै नेपाली महिला पनि थिए। उनीहरूमध्ये अधिकांशलाई विभिन्न एजेन्टले घरेलु कामका लागि कुवेत पुर्याएको गीताको भनाइ छ। सरकारले घरेलु कामदारका रूपमा कुवेत जान नेपाली महिलालाई श्रम स्वीकृति नदिए पनि कुवेत पुग्ने क्रम रोकिएको छैन।
Read full story at source (annapurnapost.com)