नेपाल एसबीआई बैंकद्वारा पोखरामा सामाजिक कार्यक्रम
annapurnapost.com · Wed Aug 19 02:10:52 GMT 2026

काठमाडौं : नेपाल एसबीआई बैंकले कास्कीको पोखरामा सार्वजनिक सुरक्षा, स्वास्थ्य सेवा तथा शिक्षाको क्षेत्रमा योगदान पुर्याउने उद्देश्यले तीन भिन्न संस्थालाई सहयोग गरेको छ। बैंकले सशस्त्र प्रहरी बल, नेपाल; नेपाल रेडक्रस सोसाइटी, कास्की र नेपाल भारत मैत्री पुस्तकालय, कास्कीलाई विभिन्न सामग्री तथा पूर्वाधार विस्तारका लागि सहयोग गरेको हो।
यसअन्तर्गत बैंकले फेवातालमा उद्धार कार्यमा प्रयोग हुने उद्धार उपकरणहरू सुरक्षित रूपमा भण्डारण गर्न सशस्त्र प्रहरी बल, नेपाललाई ‘रुफ ट्रस’ निर्माणका लागि तथा रक्तसञ्चार सेवाको सुदृढीकरणमा सहयोग पुर्याउने उद्देश्यले नेपाल रेडक्रस सोसाइटी, कास्कीलाई ‘पोर्टेबल ब्लड ब्याग ट्युब सेलर’ प्रदान गरेको छ।
Read full story at source (annapurnapost.com)