व्यवसायिक फुटबलबाट सन्यास लिँदै रोनाल्डो !
rajdhanidaily.com · Wed Aug 19 02:23:26 GMT 2026
कीर्तिमानी खेल जीवन बिताइसकेका क्रिस्टियानो रोनाल्डोले व्यावसायिक फुटबल खेल्ने यो आफ्नो अन्तिम वर्ष हुन सक्ने संकेत गरेका छन् । इतिहासकै उत्कृष्ट खेलाडीहरू मध्ये एक मानिने ४१ वर्षीय रोनाल्डोले पाँचवटा ‘बालोन डी ओर’ अवार्डका साथै थुप्रै महत्त्वपूर्ण उपाधि र कीर्तिमानी उपलब्धिहरू हासिल गरेका छन्।
गत मंगलबार आफ्नी पत्नी जर्जिना रोड्रिगेजसँग विवाह गरेपछि हालै ‘भोग’ पत्रिकालाई दिएको अन्तर्वार्तामा उनले भने, ‘फुटबलमा यो सायद मेरो अन्तिम वर्ष हो र म एउटा शानदार विरासत छोड्न चाहन्छु ।’ उनले ‘आफू परिवारसँग अझ बढी समय बिताउन आतुर रहेको’ बताउँदै आफ्नो भविष्यको योजना ‘पहिले नै तय गरिसकेको’समेत उल्लेख गर्न छाडेनन् ।
Read full story at source (rajdhanidaily.com)