नेपालमा जापानिज इन्सेफलाइटिसको संक्रमण बढ्दो, कसरी जोगिने ?
baahrakhari.com · Wed Aug 19 02:51:27 GMT 2026

काठमाडौं । मानिसको ज्यानै जोखिममा पार्न सक्ने जापानिज इन्सेफलाइटिस (जेई) संक्रमण नेपालमा बढ्दै गएको छ । पुषयता ५८ जनामा जापानिज इन्सेफलाइटिस पुष्टि भएको छ भने १६ जनाको मृत्यु भएको छ । पुष्टि भएका संक्रमितमध्ये मृत्यु हुनेको संख्या हेर्दा मृत्युदर करिब २७ प्रतिशत देखिन्छ ।
जापानिज इन्सेफलाइटिस विशेषगरी तराईका जिल्लामा बढी देखिने संक्रमण हो । लामखुट्टेको टोकाइबाट यसको संक्रमण सर्दछ । समयमै उपचार नपाए मस्तिष्कमा गम्भीर असर पुर्याउनुका साथै बिरामीको ज्यानसमेत जान सक्ने भएकाले सावधानी अपनाउन चिकित्सक तथा स्वास्थ्यकर्मीको आग्रह छ ।
Read full story at source (baahrakhari.com)