कृषि विकासले ल्यायो पूर्व कर्मचारीहरूको सामूहिक स्वास्थ्य बीमा योजना, आवेदन आह्वान
clickmandu.com · Wed Aug 19 02:56:53 GMT 2026

काठमाडौं । कृषि विकास बैंकले आफ्ना पूर्व कर्मचारीहरूका लागि सामूहिक स्वास्थ्य बीमा योजना सञ्चालन गर्ने भएको छ ।
बैंकको जनशक्ति व्यवस्थापन विभागले एक सूचना जारी गर्दै एक वर्षको अवधिका लागि प्रति कर्मचारी १ लाख रुपैयाँ बराबरको बीमाङ्क रकम रहने गरी स्वास्थ्य बीमा कार्यक्रम अघि सारेको हो। यस योजनामा सहभागी हुन चाहने योग्य पूर्व कर्मचारीहरूलाई आगामी कार्तिक १५ गतेभित्र आवेदन पेश गर्न बैंकले आग्रह गरेको छ ।
Read full story at source (clickmandu.com)