मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत लिँदै
nepalpress.com · Wed Aug 19 03:04:45 GMT 2026

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । उनले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार आज विश्वासको मत लिन लागेका हुन् ।
प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटीले मुख्यमन्त्री भट्टले मङ्गलबार सचिवालयलाई पत्र पठाउँदै विश्वासको मत लिने प्रयोजनका लागि बैठकको समय व्यवस्थापन गरिदिन आग्रह गरेका सोहीअनुसार आज दिउँसो १ बजे बैठक बस्न लागेको जानकारी दिए ।
Read full story at source (nepalpress.com)