इंग्लिस प्रिमियर लिग: उत्कृष्ट हुने र बनाउने दबाबमा नयाँ प्रशिक्षकहरू
kendrabindu.com · Wed Aug 19 03:15:45 GMT 2026
काठमाडौं । इंग्लिस प्रिमियर लिगको नयाँ सिजन शुक्रबार सुरु हुनेछ। त्यसको एउटा ठूलो विशेषता रहनेछ, ९ टिमले आफ्नो नयाँ प्रशिक्षकको नेतृत्वमा खेल्दै छ। यसमध्ये पनि तीन प्रशिक्षकमाथि चर्को दबाब रहनेछ। उनीहरू एन्जो मारेस्का, एन्डोनी इराओला र जाभी अलोन्सो।
सन् १९४६/४७ यता पहिलो पटक इंग्लिस माथिल्लो डिभिजनमा यति धेरै नयाँ प्रशिक्षक देखिएका छन्। त्यो त्यही वर्ष थियो, जतिबेला दोस्रो विश्वयुद्ध सकेर फेरि लिग सुरु भएको थियो। यस्तोमा रमाइलो के भएको छ भने म्यानचेस्टर युनाइटेडका माइकल क्यारिक यसपल्ट लिगका दसौं लामो समय कार्यकाल सम्हाल्ने प्रशिक्षक छन्। भलै, उनी जनवरीमै मात्र ओल्ड ट्राफोर्डमा आएका थिए।
Read full story at source (kendrabindu.com)