सिम्रन खड्काः ‘गौंथली’ देखि ‘मास्टर्नी’ सम्म, छोटो यात्रामै फराकिलो बन्दै करिअर
kalakarmi.com · Wed Aug 19 03:16:28 GMT 2026

काठमाडौं– नेपाली फिल्म क्षेत्रमा नयाँ पुस्ताका कलाकारको आगमन बाक्लिँदै गर्दा केही कलाकारले छोटो समयमै आफ्नो अलग पहिचान बनाउन सफल भइरहेका छन् । यही सूचीमा पछिल्लो समय तीव्र गतिमा अगाडि बढिरहेकी अभिनेत्री हुन्– सिम्रन खड्का । अभिनयप्रतिको लगाव, फरक पात्र निर्वाह गर्ने चाहना र पर्दामा आफूलाई प्रमाणित गर्ने प्रयासले सिम्रनको करिअर अहिले विस्तारै बलियो बन्दै गएको छ ।
एक महिनाअघि प्रदर्शनमा आएको फिलम ‘गौंथली’ ले सिम्रनलाई नेपाली दर्शकमाझ नयाँ परिचय मात्र दिएन, उनको अभिनय क्षमताको पनि चर्चा गरायो । बेलायतका डेन्टिस्ट डा। कपिल रिजालले निर्देशन गरेको यो फिल्मले बक्स अफिसमा पनि उत्साहजनक व्यापार गरिरहेको छ । प्रदर्शनको करिब एक महिनामै फिल्मले झण्डै २३ करोड रुपैयाँ ग्रस कलेक्सन गरिसकेको बताइएको छ ।
Read full story at source (kalakarmi.com)