रास्वपाको केन्द्रीय समिति बैठक शुक्रबार बस्ने
clickmandu.com · Wed Aug 19 03:30:56 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक यही भदौ ५ गते बस्ने भएको छ । पार्टी सभापति रवि लामिछानेको निर्देशानुसार शुक्रबार बिहान वनस्थलीस्थित केन्द्रीय कार्यालय ‘घन्टी घर’ मा बैठक बस्न लागेको महामन्त्री विपिनकुमार आचार्यले जानकारी दिए ।
बैठकमा स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोटको रूपरेखा, २०८३ अनुमोदन गर्ने तथा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्ने विषयमा छलफल हुने कार्यसूची छ ।
Read full story at source (clickmandu.com)