तीन दिने दोहोरी मेला आयोजना हुँदै, दुई दर्जन कलाकारको प्रस्तुति रहने
ratopati.com · Wed Aug 19 03:39:41 GMT 2026

काठमाडौँ । करिब दुई दर्जन लोक दोहोरी कलाकारको सहभागिता रहने तीन दिने ‘लोकदोहोरी मेला’ आयोजना हुने भएको छ । काठमाडौँको जमलस्थित टप दरबार रोधी क्लबले आफ्नो औपचारिक उद्घाटनको अवसर पारेर यही भदौ ५ गतेदेखि ७ गतेसम्म उक्त मेला आयोजना गर्न लागेको हो ।
क्लबले राजधानीमा एक कार्यक्रम गर्दै मेलाको विभिन्न पक्षबारे जानकारी दिएको हो । नेपाली मौलिक कला, संस्कृति, लोकगीत तथा रोधी परम्पराको संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्ने उद्देश्यले लोकदोहोरी मेला आयोजना गर्न लागिएको क्लबले जनाएको छ।
Read full story at source (ratopati.com)