झापामा गतआवमा छ झोलुङ्गे पुल निर्माण
nagariknews.nagariknetwork.com · Wed Aug 19 03:50:39 GMT 2026

जिल्ला पूर्वाधार विकास कार्यालय झापाले गत आर्थिक वर्षमा विभिन्न स्थानमा छवटा झोलुङ्गे पुल निर्माण सम्पन्न गरेको छ। कार्यालयका प्रमुख राजेश्वर महतोका अनुसार निर्माण सम्पन्न भएका झोलुङ्गे पुलको कुल लम्बाइ २२८ मिटर रहेको छ।
कार्यालयका अनुसार गौरादह नगरपालिका-१ बाट कमल बासबारी जोड्ने सडकअन्तर्गत कृष्णखोलामा, गौरादह नगरपालिका-५ स्थित निरौला गाउँको चन्दु खोलामा र दमक नगरपालिका-८ र ९ स्थित जलपाथिभरा देवी जाने बाटोअन्तर्गत दिपेनी खोलामा झोलुङ्गे पुल निर्माण सम्पन्न भएका छन्।
Read full story at source (nagariknews.nagariknetwork.com)