विलियम्स दिदीबहिनीको पुनरागमन भएन सुखद
annapurnapost.com · Wed Aug 19 04:14:19 GMT 2026
एजेन्सी, सिनसिनाटी : विश्व टेनिसमा आफ्नो दबदबा कायम गरेका सेरेना र भेनस विलियम्स दिदीबहिनी करिब चार वर्षपछि फेरि एउटै कोर्टमा उत्रिए पनि पुनरागमनको सुखद सुरुवात गर्न भने सकेनन्।
सिनसिनाटी ओपनको महिला डबल्सको पहिलो चरणमा विलियम्स दिदीबहिनी युक्रेनकी मार्ता कोस्त्युक र अमेरिकी खेलाडी पेटन स्टियन्र्ससँग पराजित भएका थिए। सोमबार भएको रोमाञ्चक खेलमा सेरेना र भेनसको जोडी पहिलो सेटमा ६–२ ले पछि परेको थियो। दोस्रो सेटमा भने उनीहरूले उत्कृष्ट पुनरागमन गर्दै ६–१ को सहज जित निकालेका थिए। निर्णायक सुपर टाइब्रेकरमा पनि विलियम्स दिदीबहिनी ०–६ ले पछि परेपछि लगातार अंक जोड्दै ८–९ को अवस्थामा पुगेका थिए। तर, भेनसको डबल फल्टसँगै खेल १०–८ ले कोस्त्युक–स्टियन्र्सको पक्षमा गएको थियो ।
Read full story at source (annapurnapost.com)