भिगो ई-२ नेपालमा सार्वजनिक गर्दै नामी
nepalsamaya.com · Wed Aug 19 04:20:48 GMT 2026

काठमाडौं- नेपालका लागि डोङफेङ नामीको आधिकारिक आयातकर्ता एमएडब्लू वृद्धि मोटर्सले भोलि बुधबार नयाँ नामी भिगो ई-२ सार्वजनिक गर्ने भएको छ। नामी भिगोको नयाँ संस्करणलाई फुल एसयूभीका रूपमा बजारमा प्रस्तुत गरिने कम्पनीले जनाएको छ।
भिगो ई-२ ले पर्याप्त ठाउँ, आधुनिक फिचर र व्यावहारिक प्रदर्शनमार्फत ग्राहकलाई पूर्ण एसयूभी अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ। नेपालमा नामीले ग्राहकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ। हालसम्म देशभर २,००० भन्दा बढी नामी गाडी सडकमा सञ्चालनमा छन्।
Read full story at source (nepalsamaya.com)