आज विश्वासको मत लिँदै सुदुरपश्चिमका मुख्यमन्त्री भट्ट
kendrabindu.com · Wed Aug 19 04:22:28 GMT 2026

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले आज प्रदेशसभाबाट विश्वासको मत लिँदैछन्। प्रदेशसभा सचिवालयका अनुसार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री भट्टले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ।
गत २९ साउनमा नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका भट्टले सोही दिन एमालेबाट तीन मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका थिए। विश्वासको मत लिएपछि सरकारलाई पूर्णता दिने तयारीमा रहेका भट्टले मंगलबार नेकपा संसदीय दलको बैठक बोलाएर विश्वासको मत लिने निर्णय गरेका थिए।
Read full story at source (kendrabindu.com)