६ बर्षको लागि १० अर्व आन्तरिक ऋण उठाउदै सराकर
arthasansar.com · Wed Aug 19 04:25:02 GMT 2026

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले विकास ऋणपत्र- २०९० मार्फत १० अर्व आन्तरिक ऋण उठाउने भएको छ । विकास ऋणपत्र-२०९० मार्फत ऋण पत्र उठाउन लागेको हो । सार्वजनिक ऋण व्यबस्थापन कार्यालयका अनुसार यो ऋण पत्र ७ वर्षे अवधिको हुनेछ । २०८३ भाद्र ३ बुधबार बिहान ९ बजे देखी ३ बोलकबोलमा भाग लिन पाउनेछन् । बोल कबोलमा सहभागी हुन चाहनेले सो सयम भित्र सार्वजनिक ऋण व्यवस्थापनको कार्यालयको DOMS https://doms.gov.np/csd/MainTree.do बाट बोलकबोल गर्नु पर्नेछ । ब्याज भुक्तानी अर्धवार्षिक हुनेछ भने साँवा भुक्तानी मिति २०९० भाद्र ४ गतेलाई तोकिएको छ ।
ऋणपत्रको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत पत्र प्राप्त ‘क’,‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था (काउन्टर पार्टी) मात्र सहभागी हुन पाउने छन् । काउन्टर पार्टीले ऋणपत्रको बोलकबोलमा कबोल गर्न चाहेको रकम र ब्याजदर (दशमलव पछिको हकमा ४ अंकसम्म) उल्लेख गर्नुपर्नेछ ।
Read full story at source (arthasansar.com)