सांसद र मन्त्रीबीच कुरा मिल्न छाडेपछि सभापति लामिछानेले बोलाए रास्वपा संसदीय दलको बैठक
kendrabindu.com · Wed Aug 19 04:27:50 GMT 2026

काठमाडौं। सांसद र मन्त्रीबीच कुरा मिल्न छाडेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी संसदीय दलको बैठक बोलाएका छन्। बैठक अहिले बिहान ११ बजे सिंहदरबारस्थित दलको कार्यालयमा बस्नेछ।