बैंकमा पैसा थुप्रियो, लगानीको अवसर खुम्चियो, अधिक तरलता व्यवस्थापनमा राष्ट्र बैंकलाई सकस
aarthiknews.com

काठमाडौं । बैंकिङ प्रणालीमा निक्षेप लगातार बढ्दै गए पनि त्यसअनुसार कर्जा विस्तार हुन नसक्दा नेपाल राष्ट्र बैंकलाई अतिरिक्त तरलता व्यवस्थापन गर्न दबाब बढेको छ। बैंक तथा वित्तीय संस्थासँग कर्जा विस्तारका लागि पर्याप्त स्रोत रहे पनि निजी क्षेत्रबाट नयाँ कर्जाको माग कमजोर भएपछि राष्ट्र बैंकले छोटो–छोटो अवधिमा ठूलो रकम प्रशोचन गर्दै आएको छ।
यही क्रममा राष्ट्र बैंकले फेरि बैंकिङ प्रणालीबाट ३५ अर्ब रुपैयाँ खिच्ने भएको छ। राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले भदौ ३ गते ६ महिनाका लागि ३५ अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण बोलकबोल गर्ने भएको हो। बोलकबोल सोही दिन दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम (ओबीएसएस) मार्फत हुनेछ र उपकरण पनि सोही दिन निष्कासन हुनेछ।
Read full story at source (aarthiknews.com)