आवासीय चिकित्सकको भत्ता र कामको चाप घटाउने विषयमा प्रधानमन्त्री कार्यालयमा छलफल
kalakarmi.com · Wed Aug 19 04:30:52 GMT 2026

काठमाडौं- प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता, काम गर्ने अवधि, उनीहरूको व्यावसायिक दक्षता तथा चिकित्सा शिक्षाको गुणस्तर बढाउने लगायतका विषयमा छलफल भएको छ । मंगलवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल भएको हो ।
प्रधानमन्त्री बालेन शाहका स्वास्थ्य सल्लाहकार प्रा.डा.जगदीश प्रसाद अग्रवालको अध्यक्षतामा आयोजित उक्त छलफलमा चिकित्सा शिक्षा आयोग, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय, काठमाडौं विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) का उच्च अधिकारीलगायत सरोकारवालाको उपस्थिति रहेको थियो ।
Read full story at source (kalakarmi.com)