अमेजन नदीको मुहान नजिक तेल भेटिएपछि ब्राजिलमा उत्साह
nepalsamaya.com · Wed Aug 19 04:44:08 GMT 2026

काठमाडौं। ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले अमेजन नदीको मुहान नजिक समुद्रमा तेल भेटिएको घटनालाई देशको भविष्यका लागि महत्वपूर्ण उपलब्धि भएको बताएका छन्।
ब्राजिलको सरकारी तेल कम्पनी पेट्रोब्रासले तेल भेटिएको घोषणा गरेपछि राष्ट्रपति लुलाले यसलाई ‘देशको भविष्यको पासपोर्ट’ बन्न सक्ने बताएका हुन्। अमेजन नदीको तटबाट करिब १७५ किलोमिटर टाढा समुद्रमा तेल भेटिएको हो। तर त्यहाँ कति परिमाणमा तेल छ भन्ने अझै स्पष्ट भइसकेको छैन। समुद्रको सतहबाट करिब २ हजार ८८६ मिटर गहिराइमा तेल भेटिएको हो। उक्त तेल व्यावसायिक रूपमा निकाल्न सम्भव हुन्छ कि हुँदैन भन्ने पनि अहिले नै निश्चित भएको छैन।
Read full story at source (nepalsamaya.com)