प्रकाश देउवालाई प्रदेश सभा सदस्यबाट पदमुक्त गरेकोप्रति कांग्रेसको आपत्ति
onlinekhabar.com · Wed Aug 19 04:47:03 GMT 2026

३ भदौ, काठमाडौं । सुदूरपश्चिमका निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले नेपाली कांग्रेसको नेता प्रकाश देउवालाई प्रदेश सभा सदस्यबाट बर्खास्त गरिएको प्रति आपत्ति जनाएका छन् ।
अस्थायी राजधानी धनगढीमा बुधबार आयोजित एक कार्यक्रममा उनले प्रदेश सभा सदस्य देउवालाई बर्खास्त गर्ने सभामुख भीमबहादुर भण्डारीको निर्णयप्रति आपत्ति जनाएका हुन् । ‘हाम्रो एउटा कुरामा गम्भीर ध्यानाकर्षण भएको छ, माननीय प्रकाश देउवालाई एक्कासी बर्खास्त गर्ने जुन निर्णय सभामुखले गर्नुभयो, यसका पछाडिको नियत के हो ?,’ कांग्रेस संसदीय दलका नेतासमेत रहेका शाहले प्रश्न गर्दै भने, ‘यो सम्बन्धित पक्षले स्पष्ट पार्न जरुरी हुन्छ ।’
Read full story at source (onlinekhabar.com)