कोलकाताको होटलमा भीषण आगलागी, ९ जनाको मृत्यु, ६ घाइते
aarthiknews.com

कोलकाता । भारतको पश्चिम बंगालस्थित कोलकातामा एक होटलमा भीषण आगलागी हुँदा ९ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
न्यू मार्केट क्षेत्रअन्तर्गत फ्रि स्कुल स्ट्रिटमा रहेको होटलमा बुधबार राति आगलागी भएको हो। प्रारम्भिक विवरणअनुसार होटलबाट धुवाँ निस्किएपछि आगलागीबारे जानकारी भएको थियो। आगो होटलबाट बाहिरिने मुख्य बाटो आसपाससमेत फैलिएका कारण होटलभित्र रहेका केही मानिस बाहिर निस्कन नसकेको बताइएको छ।
Read full story at source (aarthiknews.com)