विद्यालयबाट फर्कँदा खोलाले बगाएर २ विद्यार्थीको मृत्यु, सुमित्राको अवस्था अज्ञात
annapurnapost.com · Wed Aug 19 04:47:56 GMT 2026

हेटौंडा : हेटौंडा उपमहानगरपालिका–१९ स्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी राजकुमार ब्लोनको १२ वर्षीया छोरी बिनिता ब्लोनको शव बुधबार फेला परेको छ । उनको शव बासुदेव खोलाबाट ४ किलोमिटर तल मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
यससँगै खोलाले बगाएर मृत्यु हुने विद्यार्थीको संख्या दुई पुगेको छ । मंगलबार विद्यालयबाट घर फर्कने क्रममा बासुदेव खोलाले चार विद्यार्थीलाई बगाएको थियो। बगाइएकामध्ये राक्सिराङ–१ की रेशमा स्याङतान (कक्षा २) को शव यसअघि नै फेला परेको थियो भने सिमा बोलन (कक्षा ६) लाई घाइते अवस्थामा सकुशल उद्धार गरिएको थियो । उनको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।
Read full story at source (annapurnapost.com)